फिफा कन्फेडेरेसन कपमा चिलीले क्यामरुनलाई २(० ले हरायो

0
35

काठमाडौं, ५ असार । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत गएराति भएको खेलमा चिलीले क्यामरुनलाई २(० ले हराएको छ । अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो भिडाल र एडुवार्डो भार्गासले एक–एक गोल गरे । गएराति भएको अर्को खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र उत्तर अमेरिका तथा क्यारेबीयन समुहको च्याम्पियन मेक्सिकोले २(२ गोलको बराबरी खेलेका छन् । खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नुपरेको हो । पोर्चुगलका लागि रिकार्डो करेज्मा र सेड्रिक सोआरेसले गोल गरेको खेलमा मेक्सिकोका हेभिएर हर्नान्डेज र हेक्टर मोरेनोले एक–एक गोल गर्दै बराबरी गरेका हुन् । कन्फेडेरेशन कप फुटबलमा आज एसियाली च्याम्पियन अष्ट्रेलियाले विश्व विजेता जर्मनीसँग खेल्नेछ ।

Comments

comments

LEAVE A REPLY