फेसबुकद्वारा ९ करोड नागरिकको जानकारीबारे गलत साझेदारी

0
75

काठमाडौं, २२ चैत ।सामाजिक सञ्जाल फेसबुकले झण्डै ९ करोड नागरिकको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकासँग गलत तरिकाले साझेदारी गरेको पाइएको छ । बीबीसीका अनुसार ९ करोडमध्ये ११ लाख नागरिक बेलायतका छन् । फेसबुकका मुख्य प्राविधिक माइक श्रोएन्फरको ब्लगबाट यो तथ्य बाहिर आएको खबरमा उल्लेख छ । यो ब्लग अमेरिकाको हाउस कमर्स कमिटिको घोषणाको केही घण्टापछि सार्वजनिक भएको थियो । यसबारेमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले आउँदो बुधबार अघि नै जवाफ दिनुपर्नेछ । केही समयअघि क्याम्ब्रिज एनालिटिकाले करोडौं नागरिकको जानकारी लिइरहेको भनिए पनि डिलिट गरिदिएको जनाएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here