फ्रान्सलाई रोक्ने योजनामा उरुग्वे

0
108

रसिया विश्वकप फुटवलमा आज क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । पहिलो क्वार्टफाइलनमा युरोपियन मुलुक फ्रान्स र दक्षिण अमेरिकी उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुई मुलुकबीचको खेललाई अघिल्लो चरण प्रवेशको जुहारी र श्रेष्ठताको लडाई मानिएको छ । खेल निज्नी नोभगोरोड रंगशालामा नेपाली समयअनुसार राती पौने ८ बजे सुरु हुनेछ । यसअघि भएका तीन भेटमा उरुग्वे एक खेलमा विजयी भएको थियो भने बाँकी २ खेल बराबरीमा सकिएका थिए । सन् १९३० र ५० को उपाधि जितेको उरुग्वे तेस्रो उपाधि जित्ने लक्ष्यमा छ । फिफा वरियताको १४ औं स्थानमा रहेको ऊरुग्वेले २ पटक फाइनल र ५ पटक सेमिफाइनल सम्मको यात्रा गरिसकेको छ । एक पटकको विश्वकप विजेता फ्रान्सलाई रसिया विश्वकपको उपाधि दाबेदार राष्ट्रका रुपमा हेरिएको छ । सन् १९९८ को विश्व बिजेता फ्रान्सले त्यसयता अर्काे उपाधि हात पार्न सकेको छैन् आजको बिजेताले फाईनल प्रवेशका लागि ब्राजिल र बेल्जियमबीचको बिजेतालाई प्रतिद्वन्दी पाउनेछ । आजै मध्यराती हुने दोस्रो क्बाटरफाइनलमा ५ पटकको बिजेता ब्राजिल र पहिलो उपाधिको खोजीमा रहेको बेल्जियम आमने सामने हुनेछन् । कीर्तिमानी छैटौं उपाधिको खोजीमा रहेको ब्राजिल युरोपेली प्रतिद्वन्द्वीलाई पन्छाउँदै एक कदम अघि बढ्ने योजनामा छ । यी दुईबीचको खेल कजान एरिनामा मध्यराती पौने १२ बजे सुरु हुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here