फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

0
136

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राति सम्पन्न पहिलो सेमिफानल खेलमा बेल्जियमलाई १–० ले स्तब्ध पार्दै फ्रान्स उपाधि नजिक पुगेको हो।फ्रान्सको जितमा एकमात्र निर्णायक गोल खेलको ५१ औं मिनेटमा सामुएल उम्टीटीले गरको छ े। उम्टीटीले एन्टोनियो ग्रिजम्यानको कर्नरमा हेड गोल गरेका थिए। फ्रान्सले अब उपाधिका लागि इङ्ल्याण्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सो खेल आज राती हुनेछ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here