बक्राहा खोलाले बगाउँदा महिलाको मृत्यु

विराटनगर, १२ असार । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरमा बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

खोलाको डिलमा बसेर गाईगोरु चराई रहेका बेला अचानक आएको बाढीले बगाएर हिजो साँझ ६ बजेतिर ५५ वर्षीया मायादेवी साह बेपत्ता हुनु भएको थियो ।

खोलाले बगाएर बेपत्ता बनेकी साहको शव घटनास्थल भन्दा लगभग तीन किलोमिटर दक्षिणमा आज फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिनु भयो ।

महिलालाई खोलाले बगाएर बेपत्ता बनाएपछि आफन्त, स्थानीय बासिन्दा र प्रहरीले खोजी थालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button