बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल हुँदै

0
107

बैशाख ३१ । आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा आज पनि छलफल जारी रहने भएको छ । छलफलका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा विहान ११ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको छुट्टाछुट्टै बैठक बस्ने संघीय संसद सचिवालयका सह–प्रबक्ता केशव अर्यालले जानकारी दिनुभयो । अर्थमन्त्री युवराज खतिवडाले गत बुधबार प्रस्तुत गर्नुभएको बजेटका प्राथमिकता र सिद्धान्तबारे संघीय संसदमा छलफल जारी छ । प्रि–बजेट छलफल सकिएपछि आएका सुझावहरुलाई समेत समेटेर सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा हिजो गरेको सम्बोधनबारे पनि सांसदहरुले धारणा राख्ने सम्भावना रहेको सह–प्रबक्ताा अर्यालले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here