बजेटमाथि मन्त्रालयगत विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु

0
132
gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu'g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल आजदेखि शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाउनुभयो ।उहाँले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न आग्रह गर्नुभयो । विशेष समय लिएर बोल्ने क्रम जारी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here