बरिष्ठ संगीतकार शक्ति वल्लव सम्मानित

0
153

विराटनगर, ७ माघ । बरिष्ठ संगीतकार शक्तिवल्लभ श्रेष्ठलाई आज विराटनगरमा सम्मान गरिएको छ । उहाँको सांगीतिक नाम शक्ति वल्लव हो । विराटनगरबाट प्रशारण हुँदै आएको बीएफएम ९१.२ ले आफ्नो १२ औं वार्षीक उत्सवका अवसरमा वल्लभलाई सम्मान गरेको हो । बरिष्ठ साहित्यकार रमाप्रसाद रिजाल, प्राज्ञ दधिराज सुुवेदी र बीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदाश श्रेष्ठले दोसल्ला, खादा र सम्मान पत्रका साथमा उहाँलाई सम्मान गर्नु भयो । उहाँ सम्मान थाप्नकै लागि विराटनगर आइपुग्नु भएको हो । २०१५ सालमा दोलखामा जन्मनु भएका उहाँले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याँकन गर्दै सम्मान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनु भयो । सम्मानित भइसकेपछि संगीतकार वल्लवले भन्नु भयो, ‘नेपाली गजल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विराटनगरले पहिलो सम्मान दिएको छ । मैले आफूलाई धेरै भाग्यमानी ठानेको छु ।’ यसरी सम्मान पाउनुलाई आफूले चार दशकदेखि अनवरत रुपमा संगीत क्षेत्रमा लाग्दा पाएको फल र महत्वपूर्ण क्षणका रुपमा लिएको उहाँले बताउनु भयो । ‘लामो समयदेखिको सांगीतिक यात्रा अझै पनि बाँकी छ,’ उहाँले भन्नु भयो, ‘अझ यो क्षेत्रमा योगदान पुर्याउन हौसला प्राप्त भएको छ ।’ आधुनिक गीतमा संगीत दिने भए पनि गजल आफूलाई मन पर्ने विधा भएको वल्लवले स्पष्ट पार्नु भयो । सम्मानित हुने क्रममा उहाँले २०५० सालमा आफूले पहिलो पटक गजलको एल्बम निकालेको सम्झिनु भयो । लेखाईमा गजल भएपछि मात्र सांगीतिक गजल हुने उहाँको तर्क छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here