बर्जर पेन्ट्सको बम्पर उपहार विराटनगरका न्यौपानेलाई

0
86

विराटनगर, १४ जेठ । बर्जर पेन्ट्सले रंग म्याजिकल योजना अन्र्तगत आज पूर्वक्षेत्रका विजेताहरुलाई बम्पर उपहार सहित नगद वितरण गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा बम्पर उपहार तथा नगद वितरण गरिएको हो । बम्पर पुरस्कार विजेता विराटनगरका रामप्रसाद न्यौपानेलाई रेनो क्विड कार प्रदान गरिएको छ । घरधनीलार्इं रंग लगाउने प्रक्रियाबारे जानकारी दिनुका साथै रंग संवन्धि परामर्श र प्राविधिक परामर्श दिने उद्देश्यले बर्जर पेन्ट्सले स्किम ल्याएको बर्जरका मार्केटिङ म्यानेजर ज्ञानु सिग्देलले बताउनुभयो । रंग म्याजिकल योजना अन्र्तगत निता निरौलालाई १ लाख, पंकज खरेललाइ ५० हजार र फातीकुमार राईलाई २५ हजार नगद प्रदान गरिएको छ । कार्यक्रममा वर्जरका विजेताहरुलाई २० हजार र सान्तवना उपहार स्वरुप १०/१० हजार पनि वितरण गरिएको थियो । बर्जर पेन्ट्सको रंग म्याजिकल योजनामा ८ हजार ८ सय २६ जना सहभागि भएपनि ४ हजार ४ सयले मात्र वर्जरको फेसवुक पेजमा फोटो अपलोड गरेका थिए । ४ हजार ४ सय मध्येबाट वम्पर उपहार पुर्व क्षेत्रमा परेको विराटनगर शाखा प्रमुख जावेन्द्र ढुंगानाले बताउनुभयो । बर्जरका सवै विजेताहरुलाई मार्केटिङ म्यानेजर ज्ञानु सिग्देल र विराटनगर शाखा प्रमुख जावेन्द्र ढुंगानाले पुरस्कार तथा नगद विरण गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here