बलात्कारबाट बालिका घाइते

0
23

विराटनगर, २३ असोज । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा १० वर्षीय बालिका बलात्कृत भएकी छन् । झापा धरमपुर घर भई मंगलबारेमा डेरामा बस्दै आएका ३६ वर्षीय जयप्रसाद आचार्यले अत्यधिक मदिरा सेवन गरेर बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनु भयो । बलात्कारबाट बालिका घाइते भएकी छन् । उर्लाबारीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । बलात्कारबाट पीडित बनेकी बालिकाको गुप्ताङ्गमा चोट लागेको र अत्यधिक रक्तश्राव भएको जानकारी थापाले दिए । प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएका कारण गुप्ताङ्गमा चोट लागेको र अत्यधिक रक्तश्राव भएको बताएका छन् । प्रनि थापाका अनुसार आचार्य र बालिकाका परिवार एउटै घरमा डेरा बस्दै आएका थिए । आचार्यको कोठामा खाना बनाइदिन भनेर आएको बेला बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आचार्य विरुद्ध जवरजस्ती करणी मुद्धा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here