बल प्रयोग तथा हातहतियार तेस्रो समूहको तालिम उद्धघाटन

0
77

विराटनगर, २५ साउन । जिल्ला प्रहरी कार्यालय मोरङमा तेस्रो चरणको चार दिने बल प्रयोग तथा हातहतियार विशेष अनुशिक्षण तालिम आजबाट सुरु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले तालिमको उद्धघाटन गर्नु भएको हो । प्रहरी निरीक्षक जमुना बस्नेतले सहजीकरण गर्ने तालिममा १४ जना हवल्दार र आठ महिला सहित ३९ जना जवानको सहभागिता रहेको छ । चार चरणमा आयोजना हुने तालिम दुई सय १४ जना प्रहरीलाई प्रदान गरिने छ । यस अघि दुई चरणमा बल प्रयोग तथा हातहतियार बिशेष तालिम, दुई चरणमा भिड नियन्त्रण, पाँच चरणमा अपराध नियन्त्रण तथा अनुसन्धान, चार चरणमा सुरक्षा नियन्त्रण र सात चरणमा नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण तालिम सम्पन्न भइसकेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here