बस दुर्घटनामा २६ घाइते

0
132

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन । भैरहवाबाट बाग्लुङ आउँदै गरेको लु १ ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका– ८ मा दुघर्टना भएको हो । दुर्घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन । घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट नेपालगञ्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा तीब्र गतिमा रहेको सो बस घुम्तीमा मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here