Tune to BFM 91.2|Biratnagar

बहुविवाह गर्ने भागेश्वर माझी पक्राउ

विराटनगर, ९ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट प्रहरीले बहुविवाह गरेको आरोपमा एक पुरुष र उनकी कान्छी श्रीमतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा–२ का ३४ वर्षीय भागेश्वर माझी र कान्छी पत्नी सुन्दरहरैंचा–५ की २१ वर्षीय रीता ऋषिदेव रहेका छन् ।

माझीको घरबाट पक्राउ परेका दुवै जनाविरुद्ध बहुविवाह मुद्दा चलाउन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

७ वर्षअघि पहिलो विवाह गरेका भागेश्वरका जेठी श्रीमतीतर्फ एक सन्तान छन् ।

जेठी श्रीमती बुद्धमाया विश्वकर्माले दिएको किटानी जाहेरीका आधारमा श्रीमान भागेश्वर र उनकी कान्छी पत्नीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button