बाढीपीडितल पाँच महिना बित्दा पनिे राहत पाएनन्

0
166

विराटनगर, २३ पुस । गत साउन अन्तिम साता तराईमा आएको बाढीका प्रभावितले पाँच महिना बितिसक्दासमेत तत्कालीन राहतसम्म पाएका छैनन् । पीडित परिवारलाई तत्कालीन राहतस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने सरकारी निर्णय थियो । तर, हिउँदको मध्य भइसक्दा पनि उनीहरुको हातमा उक्त रकम परेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार बजेट निकासा भइनसकेकाले वितरण गर्न नसकिएको हो । ‘आवश्यक रकमको आकलन गरेर प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेका छौं,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने । अर्थबाट आवश्यक रकम निकासा भएपछि वितरण थालिने उनको भनाइ छ । गत कात्तिक अन्तिम साता मात्र मन्त्रिपरिषद्ले राहत प्याकेजसम्बन्धि निर्णय गरेको थियो । १२ मंसिरमा प्राधिकरणले बाढी प्रभावितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने बताएको थियो, जसमा १५ हजार रुपैयाँ नगद र न्यानो कपडाका लागि १० हजार रुपैयाँ दिने निर्णय थियो । सरकारले चुनावलगत्तै रकम दिने बताएको थियो । सबै चरणका चुनाव सकिएको पनि एक महिना बितिसकेको छ । योजना आयोगले तयार गरेको बाढीपछिको पुनःस्थापना आकलन प्रतिवेदनअनुसार बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार विस्थापित भएका छन् । तिनै पीडित यस्तो राहतका लाभग्राही हुन् । क्षतिको पुनःस्थापनाका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने आकलन आयोगको छ ।
………………

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here