बाबुरामले गोरखाबाटै चुनाव लड्ने ,१५ सीट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी

0
35

काठमाडौं, २६ असोज । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका छन् । एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले रोक्न खोजेपछि सिट बाँडफाँड गर्न गठित ईश्वर पोखरेल नेतृत्वको त्रिपक्षीय कार्यदलमा समस्या भएको छ ।बाबुरामले गोरखा १ वा २ बाट चुनाव लड्ने बताएका छन् उहाले २०७० पनि गोरखा १ बाटै जित्नुभएकोे थियो । तर, माओवादीले गोरखाका दुवै सिट नछाड्ने बताएको छ । बाबुराम निकट स्रोतले भने माओवादीले नमाने पनि बाबुराम गोरखाबाटै उम्मेदवार बन्ने बतायो । स्रोतले भन्यो–यदि गठबन्धनमा सम्मानजनक सहमति हुँदैन भने आँखा चुनाव चिन्ह लिएर एक्लै भए पनि अघि बढ्न कार्यकर्ताको दबाब बढिरहेको छ । तर बाबुरामले गोरखा २ कुनै हालतमा छाड्दैनन् । यसैबीच कार्यदलमा नयाँशक्तिले प्रतिनिधिसभातर्फ समानुपातिक र प्रत्यक्ष गरी १५ सिटको अडान राखेको छ । नयाँशक्तिले खोटाङ, सिन्धुली, सप्तरी, रसुवा, ललितपुर, मकवानपुर, गोरखा, कपिलवस्तु, कैलाली लगायतका जिल्लामा प्रतिनिधिसभाको सिट दावी गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here