बाम गठबन्धनले आज उर्लाबारीमा चुनावी सभा गर्दै

0
31

उर्लाबारी, १६ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्न ३ दिन मात्र रहेका बेला बाम गठबन्धनले आज उर्लाबारीमा चुनावी सभा गर्दैछ । उर्लाबारी चोकमा हुने चुनावी सभाको सम्पूर्ण तयारी पुरा भएको एमाले उर्लाबारीका नगर संयोजक अग्नी भट्टराईले जानकारी दिनुभयो । एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहने सभालाई सचिव योगेश भट्टराई र माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलका साथै उम्मेद्वारहरुले पनि सम्बोधन गर्नुहुनेछ । पूर्वप्रधानमन्त्रीको उपस्थितिमा चुनावीसभा हुने भएपछि स्थानीय प्रहरीले आज बिहानैदेखी उर्लाबारीको सुरक्षा व्यवस्था कडा बनाएको छ । कार्यक्रम हुने स्थान, भिआईपीहरु आउने रुट लगायतका क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here