बालविवाह अन्त्यका लागि लखन्तरीमा प्रतिबद्धता सभाको आयोजना गरिदै

0
128

विराटनगर २८, चैत । मोरंगका ५ वटा स्थानीय तहमा ३ वर्ष भित्रमा बालविवाह अन्त्य भएको घोषणा गर्ने अभियान अन्र्तगत लखन्तरीमा आज प्रतिबद्धतासभाको आयोजना गरिदैछ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा ग्रामथान गाउँपालिका अन्र्तगतको लखन्तरीमा प्रतिबद्धतासभागर्न लागिएको हो । ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिकाको ५ र ६ नं वडा, बुढी गंगा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको हरैचा र विराटनगर महानगरपालिकाका वैजनाथपुरलाई तीन वर्ष भित्रमा बालविवाह मुक्त घोषणाका लागि अभियान शुरु गर्न लागिएको हो । बल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले गत जनवरी २०१८ देखि संरक्षण परियोजना अन्र्तगत अभियान शुरु गरेको कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सन २०१८ भित्रमा ५ वटा स्थानीय तहका ९ सय बालबालिका समक्ष बाल विवाह अन्त्यका लागि विभिन्न कार्यक्रम गरिने छ । स्थानीय स्तरमा प्रेम विवाह गर्ने प्रचलन व्याप्त भएकाले बाल विवाह अन्त्यका लागि अभियान नै चलाउनु परेको कार्यक्रम संयोजक अधिकारीको भनाई छ । उहाँका अनुसार ५ वटा स्थानीय तहमा केही समय अघि गरिएको सर्वेक्षणका क्रममा दाइजो प्रथा, यौन शोषण, कुमारी आमा, बेच विखन, बाल विवाह, महिला हिंसा, श्रम शोषण लगायतका मुद्धा फेला पारिएको छ । सन २०३० लाई बालविवाह मुक्त देश घोषणा गर्ने अभियान अन्र्तगत बालविवाह मुक्त स्थानीय तह घोषणालाई तीव्रता दिईएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here