बिधुत अनियमित भएको भन्दै स्थानीयबासी आक्रोशित

0
88

उर्लाबारी (मोरङ), २ साउन । पाँच दिनदेखी विजुली अनियमित भएको तथा भोल्टेज नभएको भन्दै मोरङको उर्लाबारीबासी आक्रोशित भएका छन् । स्थानीयबासी, व्यवसायीसहितको एक टोलीले आज दिउँसो नेपाल विधुत प्राधिकरण उर्लाबारी शाखाको ध्यानाकर्षण गराएको छ । नेकपा (एमाले)का जिल्ला सचिवालय सदस्य समेत रहनु भएका उर्लाबारी – ५ का मानबहादुर श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले विधुत प्राधिकरणको ध्यानकर्षण गराएको हो । श्रेष्ठले प्राधिकरणको प्राविधिक समस्या तत्काल समाधान गरेर नियमित रुपमा विजुली आपुर्ति गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले अहिलेलाई ध्यानकर्षण मात्र गरिएको भन्दै अझै केही दिनसम्म यस्तै समस्या रहे आफुहरु आन्दोलित हुन बाध्य हुने चेतावनी समेत दिनुभयो । उर्लाबारी – ४ का व्यवसायी शेखर दाहालले अनियमित विधुतका कारण आम सर्वसाधरणदेखी सबै उद्योगी व्यवसायी समस्यामा परेकाले समयमै समाधान गर्न ध्यानाकर्षण गराउनु भएको थियो । प्राधिकरण उर्लाबारी शाखाका प्रमुख दिगम्बर यादवले झापाको दमकमा रहेको शव स्टेशनको टान्सफर्मर पुरानो भएर लोड बढी भएका कारण समस्या आएको बताउनुभयो । उर्लाबारीमा शव स्टेशन नभएका कारण पनि बढी लोडले केही दिनयता विधुत अनियमित हुन गएको बताउनुभयो । उर्लाबारी शाखा अन्र्तगत यस क्षेत्रमा ३२ हजार उपभोक्ता रहेको प्रमुख यादवले जानकारी गराउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here