बिरामीको उपचारमा समस्या

0
330

 

विराटनगर, १९ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मुसहर वस्तीमा लामो समयदेखि बिरामी परेकाहरुको उपचारमा समस्या भइरहेको छ । बिरामी भएर वर्षौदेखि ओछ्यानमा थला परेर रहेकाहरुको उपचार हुन नसकेको हो । पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उनीहरु उपचार विहीन बनेर रोग संग जुध्न बाध्य छन् । प्यारालाइसिसले थलिएकी ६५ वर्षीय बृद्धा वतासे ऋषिदेव, ५५ वर्षीय महिला पातो ऋषिदेव, कुष्टरोगबाट पीडित बनेका पल्टन माझी लगायतको उपचारमा समस्या भइरहेको हो । स्थानीय घनश्याम घले गुरुङका अनुसार सुन्दरहरैंचा ५ मुसहर वस्तीमा बसोबास गर्नेहरुको आर्थिक अवस्था एकदमनै दयनिय छ । ५२ परिवारको बसोबास रहेको यहाँ अधिकांस मुसहरहरु बस्छन् । टाटी, झिक्रा र कपडाले बारेर बनाइएका घरमा उनीहरु समय कटाउँछन् । गुरुङले आर्थिक अवस्था कमजोर भएकै कारण पाँच वर्ष भन्दा अघिदेखि बिरामी परेकाहरु उपचार नपाएर छटपटाइरहेको बताए । उहाँका अनुसार चिसोका कारण बालबालिका र बृद्धबृद्धा थप समस्यामा पर्न थालेका छन् । वर्षौदेखि बिरामी भएर ओछ्यान परेकाहरुलाई चिसो काट्ननै मुस्किल परिरहेको छ । सुन्दहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्त राईले गरिव भएको र पैसा नभएकै कारण उपचार सर्वसाधारण उपचार विहीन हुनु दुःखद् भएको बताउनु भयो । ‘वस्तीमा धेरै जना बिरामी छन्,’ उहाँले भन्नु भयो, ‘कतिपय त वर्षौदेखि रोगका कारण ओछ्यानबाट उठ्न पनि सकेका रहेनछन् ।’ राईले बिरामी परेर वर्षौदेखि थला परेकाको उपचार र मुसहर समुदायलाई उपयुक्त वासस्थानका लागि सम्बन्धीत पक्षसंग पहल सुरु गरिएको पनि बताउनु भयो । गरिवी र चेतनाकै कमिका कारण यो वस्तीमा धेरै समस्या आइरहेको उहाँले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here