बिरामीको मृत्यु भएको भन्दै अवधनारायण क्लिनिकमा तोडफोड
बिराटनगर ४ माघ । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड गरेका छन् ।पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
क्लिनिकमा पित्तथैलीमा पथरियाको शल्यक्रिया गरेकी महिलाको शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेका कारण मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आइतबार अस्पताल तोडफोड गरेका हुन् । तोडफोडको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले तीन जनालाई पक्राउ गरेको छ ।
अस्पतालको अवस्था तनावपूर्ण बनेपछि प्रहरी परिचालन गरिएको छ ।३२ वर्षीय सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी थिइन। सोही दिन उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बिरामीको अवस्था जटिल बन्दै गएपनि उनलाई आवश्यक पर्ने अक्सिजनसहितको आइसियू सुविधाको अस्पतालमा थिएन ।
पुस २९ गते उनको मुटुको चाल कम भएपछि अस्पतालले आईसीयू छैन भन्दै सुनसरीको धरान रेफर र्गयो ।बुबा होमबहादुरका अनुसार थप उपचारका लागि धरान लगिएको थियो । धरानमा शुक्रबार उनको मृत्यु भएको थियो ।