Tune to BFM 91.2|Biratnagar

बिरामी कुरुवा युवतीमाथि दुरव्यवहार गर्ने पक्राउ

विराटनगर, ११ असार । विराटनगरको कोसी अस्पतालमा बिरामी कुरुवा बसेकी युवतीमाथि दुरव्यवहार गर्ने एक युवालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका २२ वर्षीय सुरज मण्डल रहेका छन् । मण्डलले महिला वार्डको २०२ नम्बर बेडमा उपचाररत बिरामीको कुरुवा रहेकी युवतीमाथि बुधबार बिहान ३ बजेतिर दुरव्यहावर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

उहाँकाअनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएकी युवती बिरामी भएर भर्ना गरिएकी बहिनीको रेखदेखका लागि अस्पताल बसेकी थिइन् । रेखदेखका लागि बसेकी युवती पनि खाली रहेको अर्को २५८ नम्बरको बेडमा सुतेकी थिइन् ।

प्रहरीकाअनुसार बेडमा निधाएको अवस्थामा ओठमा चुम्बन गरेर एक युवा फरार भएका थिए । पक्राउ परेका युवा विरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button