बीएफएम १२ औं वर्षमा प्रवेश

0
254

बिराटनगर, ८ माघ । पूर्वाञ्चलमा सर्बत्र, विराटनगरको उत्कृष्ट वीएफएम ९१.२ ११ औं वर्ष पुरा गरि आज देखि १२ औं वर्षमा प्रबेश गरेको छ । शतप्रतिशत तँपाइकै सुन्दै जाँउँ, सुनाउँदै जाँउ भन्ने मुल नाराका साथ समाचार, सामाजिक तथा मनोरन्जनात्मक लगायतका कार्यक्रम प्रस्तुत गर्दै एफएमको बार्षिक उत्सबका अवशरमा बिराट श्री मिडिया प्रालिका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले श्रोताको मायाँले एफएम प्रगतीपथमा रहेको भन्दै श्रोताको सहयोग निरन्तर रहि रहने आशा ब्यक्त गर्नुभयो । संचार क्षेत्र समाजको मार्गदर्शक समेत भएकाले यो जिम्मेवारीलाई गहन ढंगले महसुश गरी अगाडी वढ्नुपर्नेमा जोड दिनुभएको छ । बसन्त पञ्चमी तथा बार्षिकोत्सबका अवसरमा कार्यकारी निर्देशक डा सन्देशदास श्रेष्ठले देशको बर्तमान अवस्थामा सम्पूर्ण मिडियाहरु जिम्मेवार हुँदै सत्य र सहि सूचना प्रभाब गर्नुपर्नेमा जोड दिनुभयो । उहाले अहिलेको अवस्थामा जनताको हक अधिकार प्राप्तीका लागी निरन्तर खवरदारी गरीरहने भन्दै सूचनामुलक कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रशारण गर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक श्रेष्ठले विज्ञापनलाई पनि श्रोताले सुचनाको माध्यमका रुपमा लिन नसक्दा चुनौति थपिएको बताउनु भयो । पछिल्लो समयमा एफ.एम खोल्ने लहड नै चलेकाले एफएम बजेका छन तर सुन्ने कम पाईन्छ , त्यसकारण रेडियो बजाउने हैन की सुन्ने बनाउनु पर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो ‘सरकारले पनि रेडियोको प्रभावकारीता हेरेर बर्गाीकरण गर्नु पर्दछ ।’ उँहाले बीएफएम प्रति माया दर्शाउने आम स्रोता, अबिरल सहयोग गर्ने बिज्ञापन दाता शुभेच्छुकहरुमा आभार प्रकट गर्नुका साथै रेडियोमा आ–आफ्नो कार्यभारमा निरन्तर जुटिरहेका सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद दिँदै उत्तरोउत्तर प्रगतीको कामना गर्नुभएको छ । उहाले सरकारको अवैज्ञानिक ढंगको विज्ञापन वितरण नितीका कारण स्थानिय स्तरका रेडियोहरु मारमा परेको भन्दै वैकल्पिक उर्जाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो । एफएम हरेक दिन बिहान ५ बजे देखि निरन्तर राती ११ बजे सम्म १८ घण्टा प्रसारण भैरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here