Tune to BFM 91.2|Biratnagar

बीपी प्रतिष्ठानमा उपचाररत एक संक्रमित पुरुषको मृत्यु

विराटनगर, १५ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button