‘बी प्लट’ भवन भित्रको मनी ट्रान्सफरमा चोरी

0
182

विराटनगर, २६ बैशाख । विराटनगर महानगरपालिका ९ मेनरोडमा संचालित सम्राट मनी ट्रान्सफरमा गएराति चोरी भएको छ । महानगरपालिका कार्यालयको ‘बी प्लट’ भवन भित्रै संचालन गरिएको मनी ट्रान्सफरको सटर फुटाएर चोरी गरिएको घटनालाई प्रहरीले भने शंकास्पद रुपमा लिएको छ । मनी ट्रान्सफर विराटनगर महानगरपालिका ९ को वडा कार्यालयसंगै जोडिएको छ । हिजो साँझ बन्द गरेर हिंडेकोमा आज विहान आउँदा चोरी भइरहेको पाइएको संचालक बाबुराम न्यौपानेले बताउनु भयो । उहाँका अनुसार आज विहान ७ बजे गार्ड होमनाथ खतिवडाले सटरको माथिल्लो भाग फुटाएर चोरी भएको जानकारी दिएका हुन् । मनी ट्रान्सफरबाट पाँच लाख ५० हजार रुपैयाँ नगद, एउटा ल्यापटप, दुईवटा भिडियो क्यामेरा, एउटा कम्प्युटर लगायतका सामान चोरी भएको न्यौपानेले बताउनु भयो । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले भने घटना शंकास्पद भएको बताउनु भयो । उहाँका अनुसार सटर अलिकति मात्रै तोडिएको जस्तो रहेका कारण घटनाका विषयमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ । सिटौलाले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको जानकारी पनि दिनु भयो ।
……………………….

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here