बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु

0
38

विराटनगर, जेष्ठ ३० गत े। सुनसरी र झापामा मंगलबार राती भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सुनसरीको भोक्राहा गाउँपालिका ७ हनुमान चौकस्थित भित्री सडक खण्डमा मंगलबार राती को १० प २००५ नम्बरको मोसा दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षिय महेश प्रसाद यादवको मृत्यु भएको हो। घटना बारे बुधबार बिहान मात्र जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि घटनास्थलमा टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ। यता पूर्व पश्चिम लोकमार्ग अन्तरगत झापाको मेचीनगर नगरपालिका १३ स्थित मेट्रो पेट्रोल पम्प नजिक भएको मोटरसाइकल दुर्घटनामा परी मेचीनगर नगरपालिका १४ ढुवागढी बस्ने ३१ वर्षीय सेमल राजवंशीको मृत्यु भएको छ। पूर्व बाट पश्चिमतर्फ जादै गरेको मे ३ प ५४७३ नम्बरको मोटरसाइकल मंगलबार राती दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेको राजवंशीको आज विहान बिएण्डसी अस्पताल विर्तमोडमा मृत्यु भएको हो।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here