बेलबारीको पाँचौ नगरसभा सकियो

विराटनगर, ३० फागुन । २ वटा ऐनहरु पारीत गर्दै मोरंगको बेलबारी नगरपालिकको पाँचौ नगरसभा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण सवन्धि ऐन पारीत गरेको प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

नगरसभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिति गठन गर्ने वाटो समेत खुलेको छ भने सर्वाजनिक जग्गाहरुको संरक्षण सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने समेत वाटो खुलेको छ ।

यस्तै कोल्डस्टोर, आईसिटि सेन्टर, फुटबल स्टेडियम, कृषि क्षेत्रको विशेष कार्यक्रम,कृषि कार्यक्रम, कृषि मार्ग, सामुदायिक भवन, हुलाकी मार्ग, मुलनहर कालोपत्रे, जनमार्ग, पृथ्वीमार्ग, वडा नम्बर ४, ५ जोड्ने सडक निर्माणका लागि बजेटको ब्यबस्थापन गरिदिन प्रदेश तथा संघिय सरकारसँग नगरसभाले माग समेत गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button