Tune to BFM 91.2|Biratnagar

बेलबारीमा २ दशक पछि खानेपानिको धारा बितरण

विराटनगर २६ असार । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डागिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानिको धारा बितरण गर्न सुरु गरेको छ ।

२०५६ सालमा तत्कालिन डाँगिहाट गाविसका वासिन्दालाई स्वच्छ खानेपानि पुर्याउने उदेश्यका साथ डागिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समिति गठन गरीएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका छन ।

५ औ उपभोक्ता समितिले भने धारा वितरण गर्न सुरु गरेको छ । १ लाख लिटर क्षमताको ट्याकि संचालनमा ल्याएर धारा वितरण गर्न सुरु गरीएको समितिका अध्यक्ष शिब कुमार राइले बताउनुभयो ।

यसै आर्थीक बर्षमा २ सय ५० देखी ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको समेत राइले बताउनु भएको छ । ७ सय देखी १ हजार परिवारलाई पानि पुग्ने राइको भनाइ छ ।

२ दशक पछि धारामा पानि आँउदा स्थानिय वासिन्दाहरु समेत खुसि भएका छन । धारा जडानगरे बापत समितिले ६ हजार रुपैया शुल्क लिने गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button