Tune to BFM 91.2|Biratnagar

बेलबारी नगरपालिकाको छैटो नगरसभा सम्पन्न

विराटनगर, ३० असार । १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट पारित गर्दै मोरंगको बेलबारी नगरपालिकाको छैटो नगरसभा सम्पन्न भएको छ ।

नगरसभाले कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता दिने निर्णय गरेको छ भने केहि नयाँ योजनाहरु समेत थपेको छ । बेलबारी १ मा बन्न लागेको बेलबारी कम्पलेक्सलाई समेत नगरपालिकाले गौरबको योजनाका रुपमा लिएको छ ।

केहि दिन अघि मात्रै कम्पलेक्स निर्माणका लागि नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगर विकास कोष सँग सम्झौता गर्नु भएको थियो ।

२० करोड ९ लाख ८० हजार लागतमा निर्माण गर्न लागिएको उक्त कम्पलेक्स १८ महिना भित्रमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको नगर प्रमुख सुवेदीले बताउनु भयो ।

नगरसभाले गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुँजीको अभावमा जिविकोपार्जन गर्न कठिन भएका ब्यक्ति वा समुहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया बिनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button