Tune to BFM 91.2|Biratnagar

बेलबारी नगरपालिकामा प्याथोलोजी प्रयोगशाला स्थापना

विराटनगर, २० साउन । स्थानीय नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले आफ्नो ११ वटै वडामा प्याथोलोजी प्रयोगशाला स्थापनाको तयारी गरेको छ ।

सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्न थालेपछि सबै वडामा प्रयोगशाला सहितको स्वास्थ्य सेवा विस्तारमा नगरपालिका अघि बढेको हो । बेलबारी नगरपालिकाले बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रमा सिमित प्याथोलोजी प्रयोगशाला विस्तार गरेर कसेनी, डाँगीहाट र बेलबारी स्वनस्थ्य चौकीमा विस्तार गरेको छ ।

सेवा विस्तारसँगै सेवाग्राही स्थानीयहरुले सस्तोमा सेवा पाएको र निजी क्लिनिकमा जानेहरु सरकारी स्वास्थ्य केन्दमा आकर्षित भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

उहाँले सरकारी स्वास्थ्य सेवाप्रति जनविश्वास बढेकोले सबै वडाहरुमा बिस्तार गर्ने तयारी भइरहेको र चालु आर्थिक वर्षमा नै सबैमा ल्याबसहितको स्वास्थ्य सेवा दिइने बताउनुभयो । अघिल्लो वर्ष प्रयोगशाला सेवा विस्तार भएपछि कसेनी, डाँगिहाट र बेलबारीका स्थानीयलेले स्वास्थ्य चौकीबाटै रगत, दिशा, पिसाब आदिको सुलभ शूल्कमा परीक्षण गर्न पाएका छन् ।

स्वास्थ्य चौकीहरुले साधारण भन्दा थप ‘एलएफटी’ जाँचसमेत गर्ने गरेको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ । प्रयोगशालाहरुबाट थाइराईड र कल्चर सेवा बाहेक साधारणतया आवश्यक पर्ने सबै जाँचहरु हुने गरेको उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button