भरतपुर–५ को वडा कार्यालय नजिकै बम विस्फोट, वडा अध्यक्षको घर अगाडी पनि बम भेटियो

0
31

मंसिर १७,
भरतपुर महानगरपालिका वडा नं ५ को वडा कार्यालय नजिकै गएराति सिलिन्डर बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयको झ्यालमा क्षति पुगेको छ । सो विस्फोट लगत्तै वडा अध्यक्ष पदमपाणी सुवेदीको घर अगाडी अर्को सकेट बम फेला परेको प्रहरीले सिनर्जी एफएमलाई जानकारी दिएको छ । सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको वडा अध्यक्ष पदमपाणी सुवेदीले जानकारी दिनुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा चितवनमा पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here