भर्खरै जन्मिएको शिशु बेवारिसे अवस्थामा भेटियो

0
69

संखुवासभा, असोज २६ – संखुवासभाको खाँदबारी नगरपालिका–१ मा सालनालसहित भर्खरै जन्मिएको बेवारिसे शिशु भेटिएको छ ।बिहीबार बिहान खाँदबारीको फूलपाति चोक नजिकै खेतको गह्रामा स्थानीय बासिन्दाले शिशुलाई जीवितै भेटेका हुन् । जीवितै शिशु भेटेपछि परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको डाक्टरले जनाएका छन् ।शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । शिशु जन्माएर बेवारिसे छाडेकी सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here