भलिबलको विश्व वरीयतामा महिला टिम यथावत

काठमाडौं २० चैत । भलिबलको विश्व वरियतामा नेपालको महिला भलिबल टिम यथावत रहन सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत रहदै ८६ औं स्थानमा रहन सफल भएको हो ।नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ ।

नेपाली महिला भलिबल टोलीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनैपनि प्रतियोगिता खेलेका छैनन् ।नेपालको महिला टिम एसियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ ।महिलाको विश्व वरीयताको शीर्ष स्थानमा चीन रहेको छ ।

यस्तै अमेरिका दोस्रो, ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौं स्थानमा छन् ।पुरुषतर्फ भने नेपाल शीर्ष १०० भित्र अटाएको छैन । नेपालको वरियता १ सय ३६ औं स्थानमा रहेको छ । नेपालको ५० अंक रहेको छ ।

पुरुषको वरियतामा ब्राजिल शीर्ष, पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौ स्थानमा रहेका छन् भने एसियाको वरियतामा नेपालको पुरुष टिम २७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button