Tune to BFM 91.2|Biratnagar

भाटभटेनीद्वारा साढे १४ लाखका खाद्य सामग्री हस्तान्तरण

विराटनगर, ८ कात्तिक । भाटभटेनी सुपर स्टोर विराटनगर शाखाले मोरङका बाढी पीडितका लागि साढे १४ लाख रुपैयाँको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई शाखा प्रवन्धक सरिता राईले १४ लाख ५० हजारको ८४० बोरा जिरा मसिनो चामल हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँले उपभोक्तालाई समस्यामा परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button