भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानीको कोरोनाबाट मृत्यु

विराटनगर १८ साउन । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ ।

उहा गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित हुनुभएको थियो । संक्रमण भएपछि उहालाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उहाको आज बिहान मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री हुनुहुन्थ्यो ।

सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उहा यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बन्नुभएको थियो । उहालाई गत वर्ष मन्त्री बनाइएको थियो ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button