भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा

0
240

काठमाडौं,३ जेठ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको ट्वीटमार्फत जानकारी दिनुभएको छ । उहाले यो निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पुर्याउने विश्वास लिइएको बतानुभयो । सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गर्नुभएको छ । भारत नियन्त्रित कास्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गर्नुभएको छ । यस्तो निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उहाले विश्वास व्यक्त गर्नुभएको छ । कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच संघर्ष भइरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here