भारतबाट थप विद्युत आयातको बाटो खुल्यो

0
24

काठमाडौं, ४ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युतलाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत आयातलाई सहज बनाइने भएको छ । हिजो काठमाडौं सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट अहिले आयात भइरहेको १४५ मेगावाटलाई निरन्तर आयात गर्ने र क्षमता वृद्धि भएपछि थप विद्युत आयात गर्ने विषयमा सहमति जनाएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । प्रवक्ता घिमिरेका अनुसार आगामी मेसम्म अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ । अहिले यो प्रसारण लाइन १३२ केभी क्षमतामा सञ्चालन भइरहेको छ । सहमतिअनुसार क्षमता वृद्धि भएपछि थप विद्युत आयातका लागि मार्गप्रशस्त हुनेछ । यो प्रसारण लाइनबाट विद्युत आयात तथा निर्यात दुवै गर्न सकिन्छ । क्षमता वृद्धि गरेर ४०० केभीमा समेत लैजान सकिनेछ ।

Comments

comments

LEAVE A REPLY