भारतसँगको चौथो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

0
81

असोज १३ – भारतसँगको चौथो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया २१ रनले विजयी भएको छ । ३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन मात्र बनाएपछि भारतको जितको श्रृङ्खला टुटेको हो । भारतका लागि केदार जादवले ६७, रोहित शर्माले ६५ तथा अजिन्क्या रहाणेले ५३ रन बनाएपनि हारबाट जोगाउन सकेनन् । अष्ट्रेलियाका केन रिचार्डसनले ३ तथा नाथन कौल्टरले २ विकेट लिए । भारतको बेग्ंलोरमा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । उसका डेभिड वार्नरले १ सय २४, आरोन फिन्चले ९४, पिटर ह्यान्डसकबले ४३ र टे«भिस हेडले २९ रन बनाए । भारतका उमेश यादवले ४ विकेट लिए । पाँच खेलको एकदिवसीय श्रृङ्खला भारतले जितिसकेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here