भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिदै

0
71

बैशाख २८ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर आइपुग्नुभएको छ । भारतको पटनाबाट जनकपुर विमानस्थलमा उत्रिएलगत्तै जानकी मन्दिर पुग्नुभएका मोदीले आरती सहित पूजाआजा गर्नुभएको हो । मोदीलाई जानकी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । दुवै प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवाको संयुक्त उद्घाटन गर्नुभएको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । बाह्र बिगाहमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाको मेयर लालकिशोर साहले मैथिली भाषामा रहेको नागरिक अभिनन्दन पत्र बाचन गरेर सुनाउँदै सो पत्र प्रधानमन्त्री मोदीलाई प्रदान गर्नुभएको हो । अभिनन्दन कार्यक्रममा संघीय सरकारका मन्त्रीहरु ईश्वर पोखरेल, गिरिराजमणी पोखरेल, मात्रिका यादव लगायत प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीहरु र विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । मोदी जानकी मन्दिरमा पुजा गरेर अभिनन्दनस्थल पुग्नुभएको हो । अभिनन्दनपछि त्यहाँको उपस्थितहरुलाई सम्बोधन गरेपछि मोदी काठमाडौं आउने कार्यक्रम छ । मोदीको जनकपुर यात्राका सुरक्षाका निम्ती जनकपुरको मुख्य जानकी मन्दिर र रङ्गभुमि मैदान क्षेत्रमा बिहानैदेखि यात्रुवाहक सहितका ठुला सवारीसाधनलाई रोक लगाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here