भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

0
127

२९ वैशाख, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ ।प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराउनुभएको थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गर्नुभएको थियो ।भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहनुभएको थियो । उहाँ आज बिहान पूजाअर्चनाका लागि विशेष हेलिकप्टरबाट जानु भएको थियो । उहाँ आजै बिहान काठमाडौँ फिर्ता हुनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here