भारतीय सेनाध्यक्ष रावत आज नेपाल आउँदै

0
66

काठमाडौं, २९ माघ । भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ भोली मनाइने सेना दिवसको कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुभएको थियो । नेपाली र भारतीय सेनाध्यक्षलाई एक अर्काे देशको सेनाको मानार्थ महाराथी सम्मान दिने प्रचलन छ । भारतीय सेनाध्यक्ष रावत पर्सी बुधबार भारत फर्किनुहुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here