भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै

0
235

काठमाडौं, ७ वैशाख । हिजो भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि औषधि खुवाइँदैछ । बालबालिकालाई पायक पर्ने ठाउँमा गएर भिटामिन ए र जुकाको औषधि खुवाउन बाल स्वास्थ्य महाशाखाले सबैलाई आग्रह गरेको छ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउनु पर्छ । महाशाखाका अनुसार झण्डै ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको छ । सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो । सरकारले वैशाख ६ र ७ तथा कत्तिक २ र ३ गते गरी वर्षको दुई पटक देशभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here