भिड नियन्त्रण विशेष अनुशिक्षण

0
115

विराटनगर, २२ असोज । प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ६ दिने दिने भिड नियन्त्रण विशेष अनुशिक्षण आज देखि जिल्ला प्रहरी कार्यालयमा शुरु भएको छ । तालिमको प्रहरी उपरीक्षक अरुणकुमार विसीले उद्घाटन गर्नुभयो । तालिममा जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी कार्याल समेतबाट प्रहरी हवल्दार १३, प्रहरी जवान ३७ गरि ५० जना प्रहरी कर्मचारीहरु तालिममा सहभागि छन् । तालिममा भिड, हुलदंगाको परिचय, भिड नियन्त्रण सम्बन्धी विद्यमान कानुनी ब्यवस्था, बल प्रयोगको सिद्धान्त र भिड नियन्त्रणको क्रममा आईपर्ने समस्या र अपनाउनु पर्ने कुराहरूबारे सिकाईने भएको छ । दुई चरणमा सम्पन्न हुने यस तालिममा मातहत प्रहरी कार्यालय समेत गरि १ सय प्रहरी कर्मचारी लाभान्वित हुने बताईएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here