भिरबाट लडेर एकको मृत्यु

0
160

भोजपुर,४ वैशाख । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ ।सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here