भुकम्प पीडितको सहयोगार्थ गुरुकुलमा जुनकिरी

0
50

विराटनगर, २६ असेज । आरोहण गुरुकुल विराटनगरमा आगामी शनिबार जुनकिरी मञ्चन हुने भएको छ । रंगकर्मी नानी थापाको लेखन, निर्देशन तथा नानीकै एकल प्रस्तुती रहेको नाटक विराटनगरको हाटखोलास्थित शुशीला कोईराला नाटकघरमा दिउँसो १२ बजे र अपरान्ह ४ बजे मञ्चन हुन लागेको हो । सिन्धुपाल्चोकको गढी नगरपालिका वार्ड नम्बर १४ का भुकम्प पिडित ५६ माझी परिवारको सहयोगार्थ स्वेता श्री फाउन्डेसनले संचालन गरिरहेको एकिकृत माझी बस्ति बिकास परियोजनाको लागि आर्थिक सहयोग जुटाउन नाटक मञ्चन गर्न लागिएको हो । २०६० देखि २०७० को दशकमा एक महिलाले भोगेको बास्तविक घटनामा आधारित जुनकिरी नाटक मरेर बाँचेकी एक केटीको वास्तविक घटना रहेको र नाटकले हाइप्रोफाइल कर्ल गर्लको कथा बोल्ने थापाले बताउनुभयो । अभिनयका नौ ओटै रसहरुबाट पात्रको मनोबैज्ञानिक विचलन नाटक जूनकिरी मार्फत देखाइएको छ । भुकम्प पिडितहरुको सहयोगार्थ आर्थिक सहयोग जुटाउन नानीको जुनकिरी नाटक प्रदर्शनी नेपाल यात्राको क्रममा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here