भुटानमाथि नेपालको सहज जित, दीपेन्द्रले लिए ५ विकेट

0
67

काठमाडौं, २८ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ । आज विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको छ । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो । भुटानका तर्फबाट उगेन दोर्जीले १३ रन र तासी फुन्सोले १६ रन बनाए । यी दुईले मात्र दोहोरो अंक जोड्न सके । नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए । नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here