भूकम्प पीडितलाई राहत रकम बढाउन सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाको भनाइ

0
31

 

पुस २७, प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प पीडितलाई पुनर्निर्माणका लागि उपलब्ध गराउँदै आएको राहत रकम वृद्धि गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ । रकम अभावमा पीडितले पुनर्निर्माणलाई गति दिन नसकेको तर्फ सरकार जानकार रहेको भन्दै रकम वृद्धिबारे सरोकारवाला निकायसँग छलफल गर्ने आश्वासन दिनुभयो । नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी नेतृत्वको टोलीले बुझाएको मागपत्र बालुवाटारमा आज बुझ्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो । माग पत्रमा पुनर्निर्माणका लागि छुट्टाइएको रकम अपुग भएको, निर्माण सामग्रीको सर्वसुलभता, प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोटलाई तोक्नुपर्ने र निर्वाचन प्रचारका क्रममा घाईते नुवाकोटका विद्यार्थी नेता उपेन्द्र मिश्र लगायत मुलुकभरका घाईतेको सरकारले नि:शुल्क उपचार गर्नुपर्ने उल्लेख छ । घाईतेको उपचार सरकारले व्यहोर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनु भएको नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिनुभयो । प्रदेशको अस्थायी मुकाम तोक्नेबारे भने सरकारले गृहकार्य जारी राखेको भन्दै प्रधानमन्त्रीले त्यसबारे अहिलेनै आश्वासन दिन नसक्ने बताउनुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here