भोजपुरमा एमालेद्वारा अन्तर्घात गर्ने र बागी उठनेलाई कारवाही

0
54

भोजपुर, १२ साउन । भोजपुरमा स्थानीय चुनावको क्रमममा अन्तर्घात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठने नेता कार्यकर्तालाई एमालेले कारवाही गरेको छ । चुनावको समीक्षा गर्ने बसेको एमाले जिल्ला कमिटि बैठकले अन्तर्घात र बागी उठनेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको हो । जिल्लाका स्थानीय तहमा अन्तर्घात भएका कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरेको एमालेले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here