भोजपुरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

0
110

भोजपुरको हतुवागढी गाउँपालिकमा बुधबार ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बुधबार ०९ः४० बजेको समयमा घोडेटारबाट भोजपुर सदरमुकामतर्फ आउदै गरेको को १ त ८६३१ नम्बरको खाली ट्याक्टरको ब्रेक फेल हुँदा हतुवागढी गाउँपालिका २ लुङ्गिन भन्ने स्थानमा सडकबाट तल खसेको हो। दुर्घटनामा ट्याक्टरका चालक हतुवागढी– ६ होम्ताङ बस्ने वर्ष २७ को कृपा राईको अगाडीको भागले किचेर घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरमा तीन जना सवार थिए। अन्य सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here