भोजपुरमा भिरबाट लडेर एकजनाको मृत्यु

0
697

भोजपुर, २६ पुस । भोजपुरको हतुवागढी गाउँपालिका–९ गैरीगाउँ बस्ने ४१ वर्षीय नरबहादुर खपाङ्गी मगरको भिरबाट लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोही ठाउँको तित्रीभञ्ज्याङको भिरबाट हिजो साँझ उनी लडेका हुन् । अन्दाजी ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रियाका लागि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here