भोजपुरमा मतपेटिकाको सुरक्षाको लागि सुरक्षाकर्मी र दलहरु निरन्तर खटिदै

0
36
file photo

भोजपुर, मंसिर १५ – मंसिर १० गते मतदान सम्पन्न भएको भोजपुरमा मतपेटिकाको सुरक्षाको लागि सुरक्षाकर्मी र भोजपुरका दलहरु निरन्तर खटिएका छन् । मतगणना मंसिर २१ गते साँझ ५ बजेपछि मात्रै हुने भएपछि दलहरु मतपेटिकाको सुरक्षामा जुटेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको मतपेटिकाको सुरक्षा दिनका लागि राजनैतिक दलका प्रतिनिधिसमेत समय तालिका बनाएर लागेका छन् । मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका ३ वटा कोठामा सिलवन्दी गरेर राखिएको अधिकृत हरिश्चन्द्र इङनामले बताउनुभयो । मतपेटिकाको सुरक्षा दिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना चौबिसै घण्टा तयारी अवस्थामा रहेकोे जिल्ला सुरक्षा समितिले जनाएको छ ।
भोजपुर जिल्लाको एक सय ४८ वटा मतदान केन्द्रमा गरिएको चुनावमा ५८ दशमलव ५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भोजपुरमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यको लागि चुनाव भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here